नुवाकोटमा पहिलो पटक संक्रमण, कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौ । थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हाल सम्म संक्रमितको संख्या ६०० नाघेको छ ।
मोरङ बारादशी९३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाएका छन् ।
यस्तैै मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको देवकोटाले बताए । यस्तै काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।
२०७७ जेठ ११ गते आइतवार १९:१९ बजे प्रकाशित