"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं । शुक्रबार साँझ ९ जनामा संक्रमण देखिएको छ ।

बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको बलान९बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका९९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका (३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै, बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसअघि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

२०७७ जेठ १० गते शनिवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु