फेरि थप ७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४३४ पुग्यो

काठमाडौं । थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। यो सहित कुल संक्रमितको संख्या ४३४ पुगेको छ
प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो।
साथै कारोना भाइरस निको भएर घर फर्कनेको संख्या ४५ छ।
२०७७ जेठ ७ गते बुधवार १८:५९ बजे प्रकाशित