"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको हो । सचिवालयका अनुसार केही प्राविधि कार्यहरु गर्ने बाँकी रहेको र अहिले त्यो मिलाउने काम भइरहेको छ । यदि सबै काम सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा आर्यालले स्वयम् भनेकी छिन् । उनले समाजिक सञ्जालमार्फत त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी थिइन् ।

२०७७ जेठ ७ गते बुधवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु