थप २७ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार मंगलबार थप २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका २७ जनामध्ये २४ जना पुरुष र ३ जना महिला छन् । देवकोटाका अनुसार थपिएका नयाँ कोरोना संक्रमितमध्ये झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, ललितपुरमा १, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १, लम्जुङ्गमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना छन् ।
२०७७ जेठ ६ गते मंगलवार १८:४३ बजे प्रकाशित