नेपाली सेनाका दुई जनालाई कोरोना संक्रमण, संक्रमित हुनेको संख्या २ सय ७८ पुग्यो
काठमाडौँ । नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।
नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
शनिबार बिहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको छ ।
२०७७ जेठ ३ गते शनिवार १९:२३ बजे प्रकाशित