नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ जना पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२०७७ जेठ ३ गते शनिवार १०:४९ बजे प्रकाशित