"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाँके र मकवानपुर गरी नौ जना थप कोरोना सङ्क्रिमत, संक्रमितको संख्या २५८

काठमाडौं । नेपालमा नौ कोरोना सङ्क्रमित थपिएका छन् । बाँके र मकवानपुरमा गरी शुक्रबार नौ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण क्रममा बिहीबार नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताए । नयाँ सङ्क्रमितमध्ये आठ बाँके र एक जना मकवानपुरका छन् । मकवानपुरमा पहिलोपटक सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित देखिएका व्यक्ति मकवानपुरका ३७ वर्षीय पुरुष तथा बाँके नरैनापुर गाउँपालिका वडा नं १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

२०७७ जेठ २ गते शुक्रवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु