"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, २४३ पुग्यो संख्या

काठमाडौं । बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसअघि आज नै कपिलवस्तु र बाँकेका १/१ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार संक्रमण पुष्टि हुनेहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४ र १० वर्षीया बालिकासहित २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ तथा पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको पनि उनले जानकारी दिए ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनस् संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

२०७७ जेठ १ गते बिहीवार ०६:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु