"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

२१७ जना पुगे नेपालमा कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित

काठमाडौं । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिजो बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

२०७७ वैशाख ३१ गते बुधवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु