थप १७ जनामा काेराेना संक्रमण, आज एकैदिन ७४ जना काेराेना संक्रमित भेटिए

काठमाडौं । थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज दिउँसो मात्रै ५७ जनामा संक्रमण भेटिएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या २०८ पुगेको छ । पछिल्लो पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेको छैन ।
हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
२०७७ वैशाख ३० गते मंगलवार १९:२९ बजे प्रकाशित