थप १० दिन लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
२०७७ वैशाख २४ गते बुधवार १४:०० बजे प्रकाशित