"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आपूर्ति व्यवस्थालाई सहज बनाउन अधिकतम पहल गरेका छौं : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन अधिकतम प्रयास गरिरहेको बताएका छन् । उनले मन्त्रालयको तर्फबाट कालोबजारीको नियन्त्रण गर्न आवश्यक कदमहरु चालिएको बताए । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टले कोरोना महामारीले निम्त्याएको संकटका कारण असहज परिस्थिति निर्माण भएपनि नागरिकलाई सहयोग गर्न अधिकतम प्रयास गरेको बताएका हुन् । तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै मन्त्री भट्टले जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिने आशा व्यक्त गरे । ‘तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्नेगरी हामी अघि बढेकोले विगतमा झैं यहाँहरुबाट प्राप्त सहयोगले नयाँ वर्षलाई हामी उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्नसक्ने आशा समेत मैले लिएको छु’ मन्त्री भट्टले भने, ‘तपाई हाम्रो सामूहिक प्रयासले हामी यो चुनौतीको सामना गर्नसक्ने छौं भन्ने मैले विश्वास लिएको छु ।’

२०७७ वैशाख १ गते सोमवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु