"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपाल राष्ट्र बैङ्क प्रतिवेदन : मूल्यवृद्धि निरन्तर आकाशीयो, सरकारको नियन्त्रणभन्दा बाहिर

दैनिक उपभोगका वस्तुहरुमा मूल्य वृद्धि उच्च, उपभोक्ता कोराना र मुल्यवृद्धिको दोहोरो मारमा

काठमाडौँ । नेपालमा मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर गएको एउटा प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनले मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको देखाएको हो । चालु आर्थिक वर्षको सात महिनामा मूल्यवृद्धि ६.७४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो । यस महिना खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७।२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो । उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशतले घटेको छ ।

२०७६ चैत ६ गते बिहीवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु