"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि दिए राजीनामा

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो ।

‘हाम्राकुरा डटकम’ लगायत अन्य डिजिटल प्ल्याटफर्ममा घुसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधी विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन् । भ्रष्टाचार निवारण ऐनले कमिसनलाई घुस मानेको छ र सार्वजनिक पदमा बस्नेले कमिसनको लेनदेख गर्नु भ्रष्टाचार मानिने उल्लेख छ ।

अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन् । उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन् । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ । हाम्राकुरा डटकममा राखिएको अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिव ५५ करोड रुपैंयाँ हुने बताइएको छ ।

कान्तिपुरसँगको कुराकानीका क्रममा ती प्रतिनिधीले, अडियोबारे प्रधानमन्त्रीलाई जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको बताए । ‘मैले सचिवालय मार्फत प्रधानमन्त्रीलाई अडियो नै पठाएको दुई महिना भयो,’ ती प्रतिनिधीले कान्तिपुरसँग भने, ‘उहाँको कुनै प्रतिक्रिया नआउँदा आश्चर्य लागेको छ । लेखा समितिमा समेत उजुरी छ ।’

स्रोतका अनुसार पछिल्लो समय मन्त्री बाँस्कोटा पनि आफ्नो अडियो रेकर्ड गरिएकाबारे जानकार थिए । मन्त्रीको कार्यकक्षमै रेकर्ड भएको झण्डै ३ मिनेटको कुराकानी मोवाईलबाट भिडियो मोडमा खिचिएको र पछि अडियो सार्वजनिक भएको हो ।

भ्रष्टाचारविरुद्धको आक्रामक भाषण गर्ने प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै नहर्ने सार्वजनिक प्रतिवद्धता जनाएका थिए । उनले गतसाता अख्तियारको वार्षिकोत्सवमा समेत भ्रष्टाचारविरुद्ध आफू क्रियाशिल रहेको बताएका थिए । सञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीका नजिकका मन्त्री मानिन्छन् । ओली बालुवाटार सरेपछि खाली भएको बालकोटस्थित घरमा सञ्चारमन्त्री बाँस्कोटा बस्छन् ।
सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बाँस्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिएको घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरीघटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिए झैंउन्मुक्ति दिन्छन्की कारबाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागी भएका थिए । उनलाई मन्त्रीले २७ अर्बको लागत लाग्ने देखिए त्यसलाई २८ अर्ब बनाउन सुझाव दिएर थप एक अर्ब समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

-मन्त्री गोकुल बास्कोटाः ह।।।
-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको (कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
-मन्त्री गोकुल बास्कोटाः ठीक छ।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।
-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि९कमिसनका लागि० हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।-(मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्नेरु
-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छनरु
-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छरु
-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी१ आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छनरु
-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छरु
-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने।।।
-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनीरु
-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु।।।कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो।।
-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो मु।।ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

 

हाम्राकुराबाट

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग कांग्रेसको माग

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।  बिहीबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री  बास्कोटाको बर्खास्तीको माग गरेको हो ।

विज्ञप्तिमा कांग्रेसले भनेको छ ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए ।  तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।  ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन  कांग्रेस सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ  ।’

मन्त्री बास्कोटाले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका बास्कोटाले राजीनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई  जानकारी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा कमिशनका विषयमा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग रकमका बारेमा गरेको कुराकानी बाहिरिएपछि बास्कोटामा विवादमा तानिएका थिए । ‘यस विषयमा औपचारिक पत्र आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले भने ।

बाँस्कोटा १८ चैत ०७५ मा मन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटालाई गत २५ पुसमा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

२०७६ फागुन ८ गते बिहीवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु