"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सोझासाझा उपभोक्तालाई झुक्याउदै ब्यवसायी, म्याद गुज्रिएका अखाद्य सामान बरामद

रुकुमपूर्व । भूमे गाउँपालिकाका विभिन्न पसलमा अनुगमनका क्रममा रु ७३ हजार बराबरको म्याद गुज्रिएका अखाद्य सामान बरामद गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित महतका २१ र वडा नम्बर ७ स्थित धर्मशालाका ६ वटा पसलमा छड्के अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले जानकारी दिए ।

उनका अनुसार ती पसलबाट खाने तेल, मैदा पीठो, कोक, फ्यान्टा, चकलेट, बिस्कुटलगायतका म्याद गुज्रिएका सामानहरु बरामद गरेर नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखिएको, दर्ता नवीकरण, नगरेको, बोर्ड नराखेको भेटिएको छ । त्यस्ता पसलहरुलाई छिटो दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, डिजिटल तराजु राख्नलगायतका सल्लाह सुझाव दिइएको सहायक प्रजिअ साहले बताए ।

यसैक्रममा महत र धर्मशालाका विक्रेता र उपभोक्तालाई भेला गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । भेलामा विक्रेताको कर्तव्य, दायित्व र अधिकारका विषयमा जानकारी गराइएको छ । जनचेतनाको अभावले सोझासाझा विक्रेताहरुलाई सामान ढुवानी गर्नेहरुले नै झुक्याउने गरेको उनीहरुले बताएका छन् । उनीहरूले नागरिकलाई पनि सचेत बनाउन बजार अनुगमनलाई निरन्तरता दिन सरोकारपक्षलाई आग्रह गरेका थिए ।

२०७६ माघ १९ गते आइतवार १९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु