"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ताको ऋण सापटीमा पाँचखालमा खानेपानी योजना सम्पन्न हुँदै

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा खानेपानी समस्यालाई सम्बोधन गर्न ‘सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना’ कार्यान्वयनमा आउने भएको छ । गतहप्ता योजनाको बोलपत्र समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न एशियाली विकास बैंक (एडिबी)ले सम्पूर्ण कागजात पठाएको छ ।

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुनकोशी–पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागतमा सम्पन्न हुनेछ ।

परियाजनाको गत भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो ।

सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ ।

साथै परियोजना समयमै सम्पन्न गर्न निर्धारित समयमा रकम जम्मा गर्नुपर्ने भएपछि स्थानीय व्यक्तिसँग ऋण सापटीसमेत लिइएको उपभोक्ता समितिले जनाएको छ

उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महिनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ ।

ऋणी उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नगरपालिकाले तिरिदिने नगरप्रमुख प्रमुख महेश खरेलले जानकारी दिए। परियोजनाबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

२०७६ माघ २ गते बिहीवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु