"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, उपभोक्ता मारमा

काठमाडौं । बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो। पेट्रोल, डिजल र मट्टीतेलमा एकैपटक दुई रुपैंयाँ मुल्य बढाएपछि उपभोक्ता मार्कामा परेका छन् ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो।

२०७६ पुस १७ गते बिहीवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु