समाजवादी पार्टी सरकारबाट बाहिरियो, दुबै मन्त्रीद्वारा राजीनामा (पत्रसहित)
काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् ।यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका हुन् ।
यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन्। उनको दलले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो।
पत्र हेर्नुहोस्
२०७६ पुस ८ गते मंगलवार १६:०६ बजे प्रकाशित