"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन, वैशाखबाट विक्री सुरु हुने

काठमाडौं । आगामी वैशाखबाट नेपालमा वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन आउने भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको आयल निगमले जानकारी दिएको छ।

नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याउँछ। निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ। वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी ल्याउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्ड इन्धन विस्थापित गर्दै लगिने उनले बताए। निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फरिक (रसायन) ५० पिपिए छ। युरो ६ मा १० पिपिएमात्रै हुन्छ। यसले वातावरण प्रदूषण कम गराउँछ।

हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ।

२०७६ कात्तिक २८ गते बिहीवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु