"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्वबजारमा कच्चा तेलको मूल्य १० प्रतिशत बढ्यो, नेपालमा भने तत्काल नबढ्ने निगमको स्पष्टता

काठमाडौं । साउदी अरबको तेल उत्पादन र प्रशोधन गर्ने प्लान्ट अराम्कोमा शनिबार ड्रोन आक्रमण भएपछि विश्वभरिनै तेलको मूल्य बढेको छ । आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य १० प्रतिशतले बढेर प्रतिब्यारेल ६६।२८ अमेरिकी डलर पुगेको छ।

यो बेलायतलगायतका युरोपियन देशको कच्चा तेलको मूल्य हो। नेपाल लगायत एसियाली देशमा पनि यसैको आसपासमा मूल्य निर्धारण हुन्छ। यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट ९डब्लुटिआई० कच्चा तेलको मूल्य ८।९ प्रतिशतले बढेर ५९।७५ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ।

संसारकै धेरै तेल उत्पादन गर्नेमध्येको साउदी अरबका दुई प्लान्टमा ड्रोन आक्रमण भएपछि विश्वव्यापी रूपमा तेलको आपूर्ति पनि संकट उत्पन्न भएको छ। उक्त आक्रमणपछि तेलको विश्वव्यापी आपूर्तिमा प्रतिदिन ५७ लाख ब्यारेलसम्म कमी आउन बताइएको छ। यो अहिलेको आपूर्तिको ६ प्रतिशत हो।

शनिबार साउदी अरबको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा आक्रमण भएको थियो। उक्त आक्रमणको जिम्मेवारी यमनको हुथी विद्रोही समूहले लिएको छ। उक्त आक्रमणपछि अराम्कोले आफ्नो उत्पादन आधा घटाएको छ।

सरकारी स्वामित्वको अराम्कोले विश्वबजारको १० प्रतिशत तेल उत्पादन गर्छ । अराम्कोका सिइओ अमिर नसिरले विश्व बजारमा हुन सक्ने आपूर्तिको समस्या जतिसक्दो चाँडै समाधान गर्ने बताएका छन्। आक्रमण भएको स्थानको पुननिर्माण गर्न केही समय लाग्ने उनले बताएका छन्।

नेपालमा तत्कालै नबढ्ने

विश्व बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपालमा भने तत्कालै भाउ नबढ्ने नेपाल आयल निगमका अधिकारी बताउँछन्। निगमका सहायक कार्यकारी निर्देशक सुशिल भट्टराई निगमले तत्काल मूल्य नबढाउने बताए।

निगम अहिले नाफामा रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दैमा तत्कालै बढाउन नपर्ने उनले बताए । ‘अहिले निगम नाफामा छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नाफा घट्ला तर मूल्यनै बढाउनु पर्दैन,’ भट्टराईले भने, ‘लामो समयसम्म विश्व बजारमै मूल्य बढ्यो भने त्यसको असर नेपालमा मात्रै होइन विश्वभरिनै पर्छ।’

२०७६ भदौ ३० गते सोमवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु