कन्जुमर आई नेपालको आयोजनामा उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न
पोखरा । मानव स्वास्थ्यमा हानि पुर्याउने उपभोग्य उत्पादनमा नागरिक स्तरबाट अनुगमन र निगरानी हुनुपर्दछ । समस्या मात्रै देखाएर भन्दा समाधान केन्द्रित जनचेतना आवस्यक छ । दैनिक प्रयोगमा आउने ग्यास सिलिण्डरको सुरक्षीत प्रयोग र गुणस्तरको मापदण्डलाई कायम राख्नका लागि नागरिक समाज, सरोकारवाला निकाय र उपभोक्ता आफै सदैव सचेत र सजग भईरहनु पर्ने उक्त कार्यक्रमको मुख्य जोड थियो ।
कञ्जुमर आई नेपाल द्धारा विहिवार पोखरामा आयोजित ग्यास सिलिण्डरको गुणस्तर र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले बताएका हुन् । राम्रो काम गर्नेहरु पलायन हुने र पहुँचवालाहरुले रातारात धनि हुन मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने अखाद्य वस्तुले बजार विकृत बनाएको जिसिले बताए ।
कञ्जुमर आई नेपालको अध्यक्ष विमला खनालको सभापतित्वमा भएको कार्यक्रममा ग्यास सिलिण्डरको सुरक्षीत प्रयोग र गुणस्तरको मापदण्ड साथै उपभोक्ताको अधिकार बारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, प्रमुख बैन बहादुर क्षेत्रिले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । पोखरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले आमनागरिक नै सरकारको अंग भएकाले सकारात्मक सोचका साथ सचेतना अभियानमा अगाडि बढ्नु पर्ने बेला आएको बताए ।
नेपाल आयल निगमका प्रादेशिक कार्यालय प्रमुख विनि श्रेष्ठले आफु र आफ्नो संस्था उपभोक्ताको हितमा काम गर्न सदैव प्रतिवद्ध भएको बताईन । ग्यास व्यवसायी कुशल पौडेल, सामाजिक अभियान्ता तथा अधिवक्ता शुष्मा पौडेल, कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्मा खनाल लगायतले उपभोक्ता हक हित र अधिकार संरक्षणका लागि तिनै तहका सरकार र सरोकारवाला निकायहरुको सहकार्य र समन्वयमा अघि बढ्नु पर्ने सुझाब दिए ।
उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, मानव अधिकारकर्मी, सञ्चार अधिकारकर्मी र व्यापक रुपमा नागरिक समाज समेतको उल्लेखनिय उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम शुष्मा पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कञ्जुमर आई नेपालको पोखरा शाखा गठनका लागि भेला आयोजक समिति गठन समेत गरिएको छ । सो समितिमा लिलाबल्लव न्यौपाने, विष्णु अधिकारी, माधव पहारी, गिता वराल रहेको संस्थाका महासचिव रञ्जन शर्मा खनाल बताए ।
२०७६ असार १५ गते आइतवार १८:३४ बजे प्रकाशित