"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बिषादी परीक्षण गरेपछि मात्र भारतीय तरकारी आयात गरिने व्यवस्थामा कडाई

विषादी परीक्षण गरेपछि मात्रै तरकारी आयात, ४ दिन भन्सारमै रोकिए गाडी

बुटवल । रुपन्देहीको बेलहिया नाकामा तरकारी र फलफूल आयात गर्ने गाडीको लाम लाग्न थालेको छ । भन्सारबाट नमूना संकलन गरेर काठमाडौंस्थित कालिकाटीमा परीक्षण गरेपछि मात्रै तरकारी आयात गर्न दिने गरिएको छ । रोकिएका तरकारीका १० गाडी नमूना परीक्षणपछि सोमवार छुटेका छन् ।

हरियो तरकारी र फलफूलका ३२ गाडी प्रक्रियामा छन् । नेपाल सरकारले गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी बिषादी अवशेष परीक्षणपछि मात्र भारतीय तरकारी तथा फलफूल आयात गर्न सकिने व्यवस्था गरेपछि करीब ४ दिनदेखि गाडीहरू बेलहिया भन्सारमा रोकिएका हुन् ।

सरकारले बिषादी अवशेष परीक्षण गर्ने भनेपनि बेलहिया भन्सार कार्यालयमा परीक्षण गर्ने उपकरण नभएपछि रोकिएको हो । रोकिएकामध्ये १० वटा गाडीले पठाएको तरकारीको नमूना नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला बिषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीबाट परीक्षणपछि उपभोग योग्य भनेर पत्र प्राप्त भएपछि छोडिएकोे भन्सार कार्यालयका अधिकृत कालिराम पौडेलले बताए ।

केन्द्रीय कृषि प्रयोगशालाले भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी अवशेषको प्रतिशत हेर्छ, जसमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष भए केही दिन राख्नेछ र ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भए बिसर्जन गर्नेछ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्ı क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षक अधिकृत बृजकिशोर उपाध्यायका अनुसार अहिले भैरहवा कार्यालयले तरकारी तथा फलफूलमा हुने किरा तथा रोग हेर्ने तर विषादी अवशेष हेर्नको लागि प्राविधिक र उपकरण नभएकाले परीक्षणको लागि केन्ıमा पठाएको बताए ।

अहिले पनि नेपाल भित्रिने करीब ३२ वटा गाडी भारतीय नाका सुनौलीमै रहेका छन् भने थपिने क्रम जारी रहेको छ । भैरहवा भन्सार कार्यालयमा प्राविधिक र उपकरण नभएकै कारण अब भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलका गाडी केही दिन भन्सारमै रोकिने छ ।

रुपन्देहीको बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उपकरण छन् । तर त्यहाँ प्राविधिक जनशक्ति अभावको कारण परीक्षण हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले सरकारले विषादी अवशेष परीक्षण गरेर मात्र भारतीय तरकारी तथा फलफूल नेपाल भित्रिन दिने निर्णय राम्रो भएपनि अझ तयारीका साथ उपकरण र प्राविधिक देशका हरेक भन्सार कार्यालयमा विस्तार गरेर गरेको भए प्रभावकारी हुने बताए ।

तरकारी र फलफूल विषादी अवशेष परीक्षणको लागि पेस्टिसाइट एनलाइसिस प्रोमोटोग्राफी मेसिन आवश्यक पर्छ तर मेसिन भन्सार, क्वारेन्टाईन र खाघ तथा गुण नियन्त्रण कार्यालयसँग छैन ।

२०७६ असार १० गते मंगलवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु