बजेटपछिको प्रभाव : बजार अनुगमनको तयारी गर्दै सरकार, गल्ति भेटिए ठाउँको ठाउँ कारवाहि हुने
काठमाडौं । बजेटमा विदेशबाट केही वस्तुमाथि कर बढाएपछि त्यसले बजारमा पार्ने प्रभावको अध्ययन गरी बजार अनुगमन गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
सरकारले ल्याएको व्यापार घाटा रणनीतिअनुसार नेपालमा धेरै आयात हुने तर आधारभूत आवश्यकतामा नपर्ने वस्तुको आयातमा कडाइ गर्न मन्त्रालयले सिफारिस गरेको थियो।
सोहीअनुसार केही वस्तुमा कर बढेपछि त्यसले बजार मूल्यमा पार्ने प्रभावको अध्ययन गरिररहेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।
‘हामीले अहिले कार्यदल बनाएर अध्ययन गरिरहेका छौं, उक्त कार्यदलको प्रतिवेदनअनुसार बजार अनुगमन कसरी गर्न भनेर हामी रणनीति बनाउँछौं’, उनले भने।
सरकारले बजेटबाट केही वस्तुको आयातमामात्र कर थप गरे पनि समग्र उपभोग्य वस्तुको मूल्य बढेको छ। बजार अनुगमनलाई तिव्रता दिदै गल्ति भेटिए ठाउँको ठाउँ कारवाहि हुने अधिकारीले बताए ।
२०७६ जेठ २८ गते मंगलवार १९:५३ बजे प्रकाशित