"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

खाद्य स्वच्छता : उपभोक्ता भेला कार्यक्रम व्यापक सहभागितामा सम्पन्न

अनियमिततालाई नियन्त्रण गर्न सबै संग सगै र निरन्तर लाग्नु पर्ने जोड

काठमान्डौ । विश्व खाद्य स्वच्छता दिवस तथा एघारौ राष्ट्रिय खाद्य स्वच्छता दिवसको पूर्वसन्धामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कञ्जुमर आई नेपालको संयुक्त आयोजनामा उपभोक्ता भेला कार्यक्रम व्यापक सहभागितामा सोमवार काठमान्डौँमा सम्पन्न भएको छ । “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता” भन्ने मुल नारा रहेको कार्यक्रममा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको उपभोगमा सचेतना जगाउने र कालोबजारी र अनियमिततालाई नियन्त्रण गर्न सबै संग सगै र निरन्तर लाग्नु पर्ने जोड रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै काठमान्डौँ महानगरपालीका वडा नं. ३१ का अध्यक्ष, नारायण भण्डारीले वडामा खाद्य स्वच्छता र गुणस्तरलाई विषेश ध्यानमा राखेको बताए । घर घरका कौशिमा आफैले स्वच्छ तरकारी उत्पादन गर्न सिकाउने र कम्पोष्ट मल बनाउने तालिमको सञ्चालन र सचेनता कार्यक्रम चलाएको बताए ।

कञ्जुमर आई नेपाल कि अध्यक्ष, उपभोक्ताकर्मि विमला खनालले संविधान र नियममा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग गर्न पाउने व्यवस्था गरेकाले हामि सबै सचेत भएर अनियमितता, कालोबजारी, मिसावट, विषादियुक्त कमसल वस्तु लगायतका गैरजिम्वेवारी क्रियाकलापलाई सम्वन्धीत निकायमा उजुरी गर्ने बानि बसाल्नु पर्ने बताईन । साथै उपभोक्ताका अधिकारका विषयमा अति आवश्यक कार्यपत्र पनि प्रस्तुत गर्दै आफ्नो हक र अधिकार हनन भएमा क्षतिपूर्तिको पनि व्यवस्था रहेको हुदा हामि सबै चनाखो हुन जरुरी रहेको उल्लेख गरिन ।

उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा समाजसेवी उपेन्द्र पौडेलले समाजमा सबै मिलेर यस्ता कुराको विषयमा सचेतना जगाउनु पर्ने भनाई राखेका थिए । कोटेश्वर वृतका डि.एस.पि. गोविन्दराज काफ्लेले घरेलु हिंसा, साईवर सुरक्षा लगायत दैनिक सुरक्षाका विषयमा जुनसुकै विभागमा भए पनि शिघ्र खवर गरिदिनुहुन अनुरोध गरे ।

खाद्य स्वच्छताका विषयमा खाद्य विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. क्षितिज क्षेष्ठले खाद्य स्वच्छताका विषयमा आफ्नो सचेतनामुलक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका विशिष्ट अतीथि खाद्य विभागका उपमहानिर्देशक उपेन्द्र रायले कार्यक्रमको समापनमा बोल्दै आफुले सिकेका र सुनेका जानकारी अरुलाई पनि सुनाएर उपभोक्ता सचेतना विस्तार गर्न आग्रह समेत गरेका थिए । 

कार्यक्रममा विभिन्न वडाका वडा सदस्यहरु, उपभोक्ताकर्मि, साल्ट ट्रेडिङ कर्पोरेशनका विभागिय प्रमुख, पत्रकार लगायत स्थानियको व्यापक उपस्थीति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राज कुमार रिजालले गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन कञ्जुमर आई नेपालका महासचिव रञ्जन खनालले गरेका थिए ।

२०७६ जेठ २० गते सोमवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु