सन्तुलित भोजन, स्वास्थ्य खानपान र व्यायामको यस्तो छ सम्बन्ध
काठमाडौं । ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन । हामीले सुन्दै र भन्दै आयौं । तर, खानेकुरा कसरी सन्तुलित हुन्छ रु यसको सन्तुलन कसरी मिलाउने रु किनभने हाम्रो थालमा अक्सर दाल, भात, तरकारी, अचार हुनेगर्छ । कतिले दुध, दही, मोही पनि समावेश गर्छन् । कतिले घिउ, पनिर समावेश गर्छन् । कतिले माछा, मासु समावेश गर्छन् । कतिले सलाद, सागपात, गेडागुडी समावेश गर्छन् ।
यी सबै किसिमको खान्की एकै थालीमा पस्कन त्यती संभव हुँदैन । अर्को कुरा, थरीथरीको खानेकुरा मिश्रण गर्दैमा त्यो सन्तुलित हुन्छ भन्ने पनि होइन । अर्थात दाल, भात, तरकारी, अचार मिश्रण गरिदैमा त्यो सन्तुलित हुन्न भन्ने छैन ।
किनभने सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो ।
के हो सन्तुलित भोजन रु
सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यतिमात्र हैन,यसले शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।
पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।
यसको फाइदा पनि विभिन्न किसिमको हुन्छ ।
(सन्तुलित आहारले गर्भवती महिलालाई आवश्यक पोषण प्रदान गरी गर्भमा रहेको शिशु, बालबालिका तथा किशोरकिशोरीको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
(यसले शरीरमा उर्जाको प्रवाह गर्छ, शरीरलाई विभिन्न रोगसित लड्न मद्दत गर्छ ।
सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक, अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
आहारको अवधारणालाई बुझ्न अझै सजिलो होस् भन्नका लागि आहारलाई निम्न समूहमा विभाजित गरिएको छ ।
(अन्न तथा आलु ९कावोहाइड्रेट्स०
(फलफूल तथा सागसब्जी ९भिटामिन तथा खनिज०
(दूधजनय पदार्थ ९प्रोटिन तथा क्याल्सियम०
(माछा, मासु, दाल, गेडागुडी ९प्रोटिन०
(तेल ९फ्याट रवोसो०
एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे्रट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।
मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।
सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।
फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनु पर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।
दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।
त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।
प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।
किनकी हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ ।
सन्तुलित आहार स्वस्थसित कसरी सम्बन्धित छ रु
शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ । परिणामस्वरुप, मानिसमा रक्तअल्पत्रा, रतन्धो लगायतका समस्या निम्तिने गर्छ ।
२०७५ चैत २ गते शनिवार १८:५० बजे प्रकाशित