"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुर्घटना न्यूनिकरणका लागि गुणस्तरीय हेल्मेट अत्यावश्यक

काठमाडौं । अहिले देशभर करिव ३५ लाख मोटरसाइकल गुड्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल रस्कुटर दुर्घटना भए । यसमा ३ हजार १ सय ८६ जना घाइते भएका छन् भने १५७ जनाको मृत्यु भएको छ ।

अधिकांश मृत्युको कारण टाउकोमा लाग्ने चोट भएको महाशाखाका एसएसपी बसन्त पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ ।किनभने दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । उसोभए हेल्मेटले टाउकाको सुरक्षा गर्दैन त रु स्वभाविक रुपमा प्रश्न उठ्छ ।

नेपालको सडकमा सबैभन्दा बढी चाप मोटरसाइकलकै छ । दैनिक ६ सयको संख्यामा मोटरसाइकल थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ । नेपाली बजारमा वार्षिक चार लाख हेल्मेट बिक्री हुँदै आएको छ । तर, हेल्मेटको गुणस्तर कस्तो हुनुपर्ने रु सरकारले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन ।

हालै नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको ‘नेपाल स्ट्यान्डर्ड’ तयार पारेको छ । विभागका निर्देशक मणिराम भुषाल भन्छन्, ‘हेल्मेटको जुनबेला काम आउनुपर्ने हो, त्यही बेला नै फुस्कने गरेको पाइन्छ । सहजै फुट्ने वा फुस्किने हेल्मेट गुणस्तरहीन हो । यदि हामीले तयार पारेको ‘नेपाल स्ट्यान्डर्ड’ लागू भएमा दुर्घटनाबाट हुने ८० प्रतिशत मृत्यु कम हुन सक्छ ।’

नेपाल स्ट्यान्डर्डलाई उद्योग मन्त्रालय अन्तरगतको नेपाल गुणस्तर परिषदले मंसिरमा मान्यता दिइसकेको छ । परिषदको अध्यक्ष उद्योग मन्त्री नै हुन् । तर, यो मापदण्डलाई अनिवार्य रुपमा लागू गर्नका लागि मन्त्रिपरिषदमा पेस भई कानुन निर्माण हुनुपर्छ । त्यो भने अहिलेसम्म भएको छैन ।

२०७५ चैत २ गते शनिवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु