"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ता अधिकार सुनिश्चितताका लागि बजार अनुगमन तिव्र पार्न सरकारलाई उपभोक्ताकर्मिको सुझाव

काठमाडौं । सरकारले चैत १ गते अर्थात् १५ मार्चलाई अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको रूपमा मनाउँदै आएको छ ।

विगतका वर्षहरूदेखि नै मार्च १५ लाई अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको रूपमा मनाउँदै आएको सरकारले यस वर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार स् हामी सबैको सरोकार’ भन्ने नाराका साथ मनाउन लागिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस शुरू गरिएको र चैत १ गते औपचारिक कार्यक्रम गर्दै उपभोक्ता अधिकार दिवस मनाउन लागेको जानकारी गराएको हो ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्तामा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू गरेर मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस मनाउन थालिएको र आगामी शुक्रवार औपचारिक कार्यक्रम गरेर दिवस मनाइने बताए ।

सरकारलाई उपभोक्ताकर्मिको सुझाव

सरकारले अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरेपनि पछिल्लो समय बजार अनुमगन भने ओरोलो लागेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता नठगिउन् भन्ने उद्येश्यले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको बजार अनुमगन पछिल्लो समय न्यून मात्रामा हुने गरेको छ ।

विभागको तथ्याङ्कअनुसार विभागले गर्दै आएको बजार अनुगमन पछिल्लो समय ओरालो लागेको छ । गत मंसिरयताको तथ्याङ्कले बजार अनुगमन निरन्तर ओरालो लागेको देखिएको छ । मंसिरमा विभागबाट कुल अनुगमन २ सय ६३ वटा व्यावसायिक फर्ममा भएको थियो । फागुन महिनामा विभागबाट ३४ वटा फर्ममा मात्रै अनगमन भएको विभागको तथ्याङ्क रहेको छ ।
पुस महिनामा १ सय ९६ र माघ महिनामा कुल ५९ वटा व्यवसायिक फर्ममा अनुमगन भएको विभागको तथ्याङ्क छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले जनशक्तिको अभावमा बजार अनुमगन बढि हुन नसकेको स्वीकार गरे । ‘जनशक्ति थोरै छ,’ उनले भने, ‘उपभोक्ताको चाहनाअनुसार नभएको पनि हुन सक्छ । तर, अनुमगन भइरहेकै छ ।’

उपभोक्ता अधिकारकर्मीहरूले सरकारले मनाउन लागेको उपभोक्ता दिवस नाम मात्रको भएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले मनाउन लागेको उपभोक्ता अधिकार दिवस नाम मात्रको भएको बताए ।

२०७५ चैत १ गते शुक्रवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु