"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

गुणस्तरीय सामग्री उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने

वाग्मती । वाग्मती प्रदेशका प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उद्यमीले राष्ट्रलाई आत्मनिर्भर बनाउन र गुणस्तरीय सामग्रीको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, होटेल सङ्घ नेपाल र नेपाल निर्माण व्यवसायी महासङ्घको साझेदारीसम्बन्धी कार्यक्रममा उहाँले राष्ट्रलाई आर्थिक स्रोत मजबुत तुल्याउने बहुराष्ट्रिय कम्पनीलाई सङ्घीय सरकार र प्रदेश सरकारले सञ्चालनमा ल्याउन भौतिक सुविधाका साथै समयानुकूल ऐन कानूनको तर्जुमा गर्दै लैजानुपर्ने बताए।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडा औद्योगिक क्षेत्रमा विभिन्न उद्योगहरु स्थापनाका लागि आवश्यक जग्गा र भौतिक सुविधा उपलब्ध गराउनाका साथै उपमहानगरपालिकाले पनि विभिन्न चरणमा स्रोत साधन परिचालन गरी उद्यमीलाई उद्योग स्थापना गर्न रचनात्मक सहयोग गरेको बताए । कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक चन्द्रकान्त अधिकारीले ‘एलक्स परियोजना’अन्तर्गत श्रम बजारको मागअनुसार रोजगारदाता सङ्घले समन्वयात्मकरुपमा श्रम बजार सूचनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न बलियो संरचनाको स्थापना गर्ने उद्देश्य लिएको जानकारी दिए।

परियोजनाले कृषि, भौतिक निर्माण, पर्यटनलगायत क्षेत्रसँग आबद्ध रहेर काम गर्ने अपेक्षा गरिएको र सो परियोजनाको लागत रु १८ करोड रहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए। मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानले प्रदेश राजधानी हेटौँडामा मझौला उद्योग सञ्चालनका लागि र उद्यमीलाई सरकारले सुविधायुक्त नियम कानून तर्जुमा गरी कार्यान्वयन गर्न सके गरीबी निवारण हुने बताए । वाणिज्य महासङ्घका वाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले सो परियोजनाले विपन्न नागरिकलाई आत्मनिर्भर तुल्याउन विभिन्न उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

२०७७ माघ ४ गते आइतवार १९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु