"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अबको तीन दिनसम्म पश्चिम नेपालमा भारी वर्षाको संभावना , सतर्कता अपनाउन आग्रह

सुर्खेत । जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

आजदेखि पर्सि ९बुधबार० सम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले तीनै दिन हावाहुरी, चट्याङ र असिना वर्षासमेतको सम्भावना रहेको बताए । उनका अनुसार कार्यालयले चार वटा जिल्ला र आसपासका केही स–साना खोलानालाहरुमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन बबई, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका नागरिकमा सूचना जारी गरेको छ । हाल कर्णालीका सुर्खेत, दैलेखसहित आसपासका जिल्लाहरुमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आज, भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू­भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले यसपटक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२०७७ वैशाख १५ गते सोमवार १९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु