"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीमाथी धमाधम कारवाही

काठमाडौं । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिमाना असुल्न थालेको हो।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ।

विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिमाना गराएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए ।

कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिँदै सुवेदीले नियमनमा धेरै टोली खटाउँदा बजार झनै आतंकित हुने बताए।

गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ। मास्कको कालोबजारी भएको, व्यवसायीले कृत्रिम अभाव गरी अत्यधिक मूल्य असुल गरेको र व्यवसायीले बिक्री नगरेकोजस्ता विषयमा एक घण्टामै दुई सयवटा गुनासो उपभोक्ताबाट प्राप्त भएको छ।

उपभोक्तावादी प्रेमलाल महर्जनले मास्क र ह्यान्ड सेनेटाइजरको अभाव र कालोबजारी भइरहँदा विभागबाट खटिएको दुई टोलीले बजार नियन्त्रणमा लिन कठिन भएको बताए।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ।

२०७६ फागुन २३ गते शुक्रवार ०९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु