"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

इटालीमा संकटकाल घोषणा

एजेन्सी । कोरोना भाइरसको प्रकोप तीव्र रुपमा फैलिएपछि इटालीले संकटकाल घोषणा गरेको छ ।

भाइरसको प्रकोप बढेसँगै यसअघि इटालीका केही राज्यमा संकटकाल लगाइएको थियो । भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि देशभर संकटकालको घोषणा गरिएको हो ।

सरकारले भ्रमण तथा सार्वजनिक जमघटमा पनि प्रतिबन्ध लगाएको छ ।

सोमबार प्रधानमन्त्री ग्युसेप कोन्टले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै यात्रामा जान आग्रह गरेका छन् ।

इटालीमा सोमबारमात्रै ९७ जनाको ज्यान गएको थियो र आइतबारबाट नयाँ संक्रमितको संख्या २४ प्रतिशतले बढेको छ । सोमबारसम्म इटालीमा भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ६३ पुगेको छ ।

देशभर खेलकुद प्रतियोगिता पनि रद्द गरिएको छ । शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

सरकारले भाइरसको नियन्त्रण गर्न लागू गरेको नियमविरुद्ध इटालीका विभिन्न जेलमा हिंसा भड्किएको छ । यही क्रममा ६ जनाको ज्यान पनि गएको छ ।

स्पेनमा पनि स्कुल बन्द  

स्पेनको राष्ट्रिय सरकार र म्याड्रिडका क्षेत्रीय अधिकारीहरुले बुधबारदेखि म्याड्रिडका सबै विद्यालय बन्द गर्ने भएका छन् ।

सोमबार ५ सय ८९ बाट संक्रमितको संख्या १ हजार २ सय ४ पुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको स्पेनका स्वास्थ्य मन्त्री साल्भोडोर इल्लाले बताएका छन् । अहिलेसम्म स्पेनमा ज्यान जानेको संख्या ३० पुगेको छ भने ३२ जना निको भएका छन् ।

२०७६ फागुन २७ गते मंगलवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु