"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

कृषि उत्पादन बढाउने मन्त्री भुसालका पाँच आधार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालय सम्हालेको करिब साढे ४ महिना पछि आफ्ना भावी कार्य योजना सार्वजनिक गरेका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री भुसालले आफ्ना भावी कार्य योजना सार्वजनिक गरेका हुन्।

साढे चार महिनाको अध्ययन पश्चात् मन्त्री भुसालले कृषि पेशा गर्न गाह्रो त्यसमाथि अत्यन्त न्यून नाफा भएकाले यसमा आकर्षण नभएको निश्कर्ष निकालेका छन्।

मन्त्री भुसालले कृषि पेशा आकर्षिक बनाउन किसानलाई उत्पादन सामाग्रीमा अनुदान दिने, सबै किसानको घरदैलोमा प्राविधिक सेवा पुुर्याउने, सस्तो र सुलभ ऋणको व्यवस्था गर्ने, बाली तथा पशुपंक्षीको विमा र कृषकलाई न्युनतम बचतको ग्यारेण्टी दिनुपर्ने बताएका छन्।

मन्त्री भुसालकाअनुसार किसानलाई दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउरनश्ल, मल, सिँचाई, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ र तिनलाई सर्वसुलभ बनाइनेछ।

हरेक किसानले प्राविधिक सेवापाउने कुराको ग्यारेण्टी गरिने छ। स्थानीयतहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीयतहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्वप दपूर्ति गरिने मन्त्री भुसालले जानकारी दिए।

सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरि हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने मन्त्री भुसालको योजना छ।

त्यस्तै, कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने ग्यारेण्टी गरिने छ। प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषिबालि–वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षित गरिने मन्त्री भुसालले बताए।

साथै, किसानले उत्पादनगर्ने मुख्यबालि–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने मन्त्रालयको योजना छ। किसानले आफ्नो उत्पादन

सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ।

यी पाँच आधारहरू कार्यान्वयन गर्न सके दलालवाद पूजिँको अन्त्य हुने मन्त्री भुसालले बताए।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषिसँगअन्तरसम्बन्धित मन्त्रालयसँग सहकार्य गर्न मन्त्रालयले ‘अन्तर मन्त्रालय संयन्त्र’ समेत निर्माण गरिसकेको जानकारी दिए।

यस वर्ष रासायनिकमलमा कुनै समस्या नआउने मन्त्री भुसालले बताए।

‘विषम परिस्थितिबाहेक यस वर्षका लागि पर्याप्त रासायनिक मलको उपलब्धता हुने व्यवस्था गरिएको छ,’ मन्त्री भुसालले भने, पहिले जस्तो समस्या आउँदैन।’

उनका अनुसार मल वितरणमा हुने चुहावट र ढिला सुस्तीलाई रोक्न फर्टिलाइजर ट्रयाकिङ सिस्टमका लागि सफ्टवेयर प्रणाालीमा लैजान लागिएको र बितरण प्रणाली चुस्त बनाउन नयाँ निर्देशिका बनाउन लागिएको छ।

उखु उत्पादक किसानलाई यस मन्त्रालयबाट दिइँदै आएको अनुदान रकम किसानकै बैंक खातामा उपलब्ध गराइने कार्यबिधीको कार्यान्वयन सुनिश्चित गरिएको मन्त्री भुसालले जानकारी दिए।

यसबाट विचौलिया र अनावश्यक पक्षको चलखेल अन्त्य हुने मन्त्रालयको विश्वास छ।

२०७६ चैत ६ गते बिहीवार १३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु