"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

वैज्ञानिक वन व्यवस्थापन खारेज गरी समूहको अधिकार सुनिश्चित गर्नुपर्छ : उपभोक्ता महासङ्घ

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घले वैज्ञानिक वन व्यवस्थापनका कारण सामुदायिक वन उपभोक्ता समूहहरु सामुदायिक वनमा रहेको काठको बिक्रीवितरणलगायत अधिकारबाट वञ्चित भएकोे जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक वनका काठदाउरा सङ्कलन, ओसारपसार र बिक्रीवितरण गर्ने अधिकार सामुदायिक वनलाई नै दिनुपर्ने माग गरेको छ ।

“काठ सङ्कलन र बिक्रीवितरणलगायतका विषयमा पटकपटक हामीले सरकारसँग अपिल गरे पनि हालसम्म त्यसको सुनुवाइ हुन सकेको छैन”, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमार्फत उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गरी सामुदायिक वनले उपभोग गर्दै आएको अधिकार सुनिश्चित गर्नसमेत अपिल गरिएको छ । उपभोक्ताको अधिकारलाई वञ्चित गर्ने गरी उक्त निर्णय तत्काल नसच्याएमा महासङ्घ चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ ।

२०७७ असोज २५ गते आइतवार १९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु