"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

हेटौँडाको एक महिलामा कोरोना सङ्क्रमण

हेटौँडा । हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए। उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ ।

२०७७ जेठ १४ गते बुधवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु