"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

कोरोना भाइरसको जोखिमका बीच कार्यरत श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

काठमाडौं । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले आज विज्ञप्ति जारी गरी यस्तो विषय स्थिमिा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य भएकाले उनीहरुको दैनिकी सञ्चालनमा कठिनाइ आएको उल्लेख गरेको हो ।

“श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ, “अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कर्मचारीको आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षा सुनिश्चितताका लागि आग्रह गर्दछौँ ।”

२०७७ वैशाख १० गते बुधवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु