"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

बजार अनुगमन नहुँदा कुखुराको मासुमा मनपरी मुल्य बृद्धि, प्रतिकिलो १४० रुपैँयाले बढ्यो

काठमाडौँ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ ।

‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ । व्यापारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मासुमा मुल्य बढाउने काम गरेका छन् । अघिल्लो महिना २ सय ८० रुपैयाँमा पाउने प्रतिकेजी कुखुराको मासुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थालेका छन् ।’

२०७७ पुस २४ गते शुक्रवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु