"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप ३ हजार ४३० जनामा कोरोना संक्रमण, १८ को मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार ५२ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

२०७७ कात्तिक २० गते बिहीवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु