"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोभिड अस्पतालमा लापारवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही भएर बिरामीको मृत्यु भएकामा गुनासो आएपछि अस्पताल नेतृत्वले आज आकस्मिक अनुगमन गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको निर्देशनमा अस्पतालका निर्देशक प्रा डा गौरीशङ्कर साह नेतृत्वको टोलीले कोभिड अस्पतालको आकस्मिक अनुगमन गरेको हो । निरीक्षणका क्रममा प्रतिष्ठानका आठ वटा भेन्टिलेटरले काम गरिरहेको पाएको छ । प्रतिष्ठानले १० थान भेन्टिलेटर जडान गरेकामा छ वटा बिग्रिएका अवस्थामा रहँदा अन्यत्र सिफारिश गर्दा बिरामीको ज्यान गएका घटना भएका छन् ।

यही कात्तिक ९ गते प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिनिधिसभाका सदस्य जयकुमार राई सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यलगायतको टोलीले १५ दिनभित्र अवस्था सुधार गर्न अस्पताललाई निर्देशन दिएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले पनि अस्पताललाई जनगुनासोको सुनुवाइ गर्न लिखित अनुरोध गरेका थिए ।

२०७७ कात्तिक १३ गते बिहीवार १९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु