"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना संक्रमणबाट आजमात्रै १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गएको २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार १ हजार २ सय २१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परिक्षण गरिएको हो ।

आइतबार २ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । यो सँगै निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना रहेका छन् ।

२०७७ भदौ १४ गते आइतवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु