"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना उपचारकोलागि सङ्घ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार श्यया थप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ श्यया थप गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ श्यया थप गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय अस्पतालमा एक हजार श्यया र प्रादेशिक अस्पतालमा एक हजार ९५७ श्यया थप गरेको छ । यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले ती हरेक स्थानीय तहमा पाँच श्यया अस्पताल बनाएको जानकारी दिए। यसरी पाँच श्ययाको अस्पताल बनाउँदा तीन हजार २४५ श्ययाको थप गरिएको छ ।

यस्तै मन्त्रालयले आज थप तीनवटा अस्पतलालाई कोभिड–१९ अस्पतालमा सूचीकरण गरिएको छ । वीरगञ्जको नेसनल मेडिकल कलेज, काठमाडौँका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

२०७७ भदौ १२ गते शुक्रवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु