"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

आइतबार थपिए ६४१ नयाँ सङ्क्रमित, थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । योसँगै आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २२१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १२६, लतिपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ

थप दुईको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो । अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ । नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २८९ कोरोनाका सङ्क्रमित देखिएका छन् ।

कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको छ ।

२०७७ साउन ३२ गते आइतवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु