"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मेलम्चीको सुरुङमा पानीले उच्छिट्याउँदा २ जना कर्मचारी बेपत्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएको सुरुङ जाँच गर्न गएका २ कर्मचारी बेपत्ता भएका छन् ।

दिउँसो करिब १ बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका ४ मध्ये २ जनालाई पानीले उच्छिट्याउँदा घाइते भएका थिए भने २ जना हराइरहेको जनाएको छ ।

हराइरहेकामा १ जना आयोजनाका सवारी चालक रहेको र १ सिनो हाइड्रोका चिनियाँ इञ्जिनियर भन्ने जानकारी भए पनि सो पुष्टि भइ नसकेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ परीक्षणका लागि छाडिएको पानीले गेट फोडे पछि घटना भएको हुन सक्ने बताइएको छ । अहिले सुरुङमा पानी कम भइसकेको र उनीहरूको खोजी भइरहको प्रवक्ता पन्तले बताए ।

घाइतेको मेलम्ची स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूलाई काठमाडौं ल्याउन काठमाडौंबाट श्री एयरको हेलिकोप्टर उडिसकेको पन्तले बताए ।

२०७७ असार ३० गते मंगलवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु