"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

७७ जिल्लामै फैलियो कोरोना, आज एकैदिन ५५४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ९३ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको कुल संख्या १३ हजार ३ सय ९ पुगेको छ । डा. गौतमले नेपालमा ७७ जिल्लामै कोरोना सङ्क्रमण देखिएको बताए ।

त्यस्तै आज १ सय ३६ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।

२०७७ असार १३ गते शनिवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु