"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

 नेपाली बजारमा सुनकाे मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला ९० हजार नाघेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

त्यसैगरि चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो ।

२०७७ असार ७ गते आइतवार १५:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु