"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

आज एकै दिन थप २८८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या दुई हजार ९९ पुग्यो

काठमाडौं । कोभिड –१९को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिए ।

आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

२०७७ जेठ २० गते मंगलवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु