"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

एकै दिन २२६ जनामा कोरोना सङक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताए।

ती सङ्क्रमितमध्ये पुरुष २१३ जना र महिला १३ जना रहेका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो आइतबार १६६ जना, गत शनिबार १८९ जना र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा रोग दे एको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

२०७७ जेठ १९ गते सोमवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु