"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ भने, संक्रमितको संख्या ६० लाख ३५ हजार ३५३ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ६ हजार १२६ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ४ हजार ५४२ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ८ लाख ३९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३८ हजार १८५ को मृत्यु भएको छ । युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७२ हजार ५५९ को मृत्यु भएको छ ।

एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, २९ हजार ७५२ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३७ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ३ हजार ९४५ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ७९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।एएफपी

२०७७ जेठ १७ गते शनिवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु