"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशमा रहेका ४०/४५ लाख नेपालीलाई ल्याउन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका ४०/४५ लाख नेपालीलाई तत्काल ल्याउन सम्भव नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफपछि प्रधानमन्त्री ओलीले संक्रमण फैलिसकेको अवस्थामा लकडाउन, विमानसेवा बन्द लगायतका समस्याका कारण उनीहरु आउन सम्भव नभएको बताए ।

उनले नेपाल श्रमशक्ति निर्यात गर्ने मुलुकजस्तो अवस्थामा रहँदै आएको र सोही कारण लाखौं युवा विदेशमा रहेको प्रष्ट्याए ।

उनले हिसाबमा आफू कमजोर रहेको जनाउँदै ‘विदेशमा रहेका ४०÷४५ लाख युवालाई ल्याउन कति समय लाग्छ ? देशभित्र भएका सबै जहाजलाई निरन्तर प्रयोग गर्दा पनि कति समयमा उनीहरुलाई ल्याउन सकिन्छ ? भन्ने हिसाब गर्न सांसदहरुलाई नै आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालबाट अमेरिकाले डेढ सय नागरिक लगेजस्तो, अस्ट्रेलियाले अढाइ सय नागरिक लगेजस्तो, कतारले डेढ सय नागरिक लगेजस्तो नेपाललाई विदेशबाट आफ्ना नागरिकलाई ल्याउन सहज नहुने बताए

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहेको र प्राथमिकताका आधारमा ल्याउन थाल्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।

२०७७ जेठ ६ गते मंगलवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु