"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १०२ पुगे

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएअनुसार भेटिएका कोरोना संक्रमित १६ वर्षीया युवा हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हाल १५ हजार ६ सय २४ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा छन् भने १ सय ३५ जना आइसोलेसनमा छन्। उपत्यकामा तीन जना आइसोलेसनमा छन्।

२०७७ वैशाख २६ गते शुक्रवार १९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु